Dark Mode

      Subscribe

सरकारलाई तिर्नुपर्ने रकम नबुझाएका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक

351
SHARES
सरकारलाई तिर्नुपर्ने रकम नबुझाएका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक

काठमाडौँ । सरकारले  तिर्नुपर्ने रकम नबुझाएका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ । महालेखा नियन्त्रकको कार्यालयअन्तर्गत कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय, बबरमहलले ती व्यक्तिहरूको नाम, ठेगाना र तिर्न बाँकी रकमसहितको विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा र ब्याजसहित रकम बुझाउन निर्देशन दिएको हो ।

सार्वजनिक विवरणमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, दि फूलबारी लिमिटेड पोखराका पियुष बहादुर अमात्यलगायत कर्मचारी, कृषि व्यवसायी तथा सशस्त्र प्रहरीसमेत परेका छन् । तोकिएको समयभित्र रकम नबुझाएमा उनीहरूको चल–अचल सम्पत्ति दाबी गरी प्रचलित कानुनअनुसार असुल उपर गरिने चेतावनी दिइएको छ ।

केन्द्रीय तहसिल कार्यालयका अनुसार सरकारी रकम तिर्न बाँकी रहेका व्यक्तिहरूको लगत कायम गरी विगतका वर्षहरूमा पनि पटक–पटक सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । साथै सम्बन्धित व्यक्तिहरूको घर ठेगानामा पत्राचार गरी उपस्थित भई रकम बुझाउन आग्रह गरिएको थियो । यस्ता सूचना र प्रयासका बाबजुद पनि रकम असुली हुन नसकेपछि बाध्य भएर तीनपुस्ते विवरण सार्वजनिक गर्नुपरेको कार्यालयले जनाएको छ ।



nationalnews7 nationalnews7   
  • January 25, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP