Dark Mode

      Subscribe

नेप्से १७ अंकले घट्दा १४ अर्ब ५६ करोडको सेयर किनबेच

273
SHARES
नेप्से १७ अंकले घट्दा १४ अर्ब ५६ करोडको सेयर किनबेच

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से घटेको छ । अघिल्लो दिन पाँच दशमलव ३८ अंकले घटेको नेप्से आज पुन १७ दशमलव ५३ अंकले घटेर २७ सय १४ दशमलव शुन्य पाँच अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५५ अंकले घटेर चार सय ६२ दशमलव ७१ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको एक लाख ३८ हजार आठ सय ८३ पटकको कारोबारमा तीन करोड ५४ लाख ७७ हजार नौं सय ३९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार आठ सय ६५ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये जलबिद्युत समुहको सुचक १३ दशमलव ७७ अंकले बढेर तीन हजार पाँच सय ९७ दशमलव ९४ अंकमा चढेकोमा लगानी र सामुहिक लगानी कोष समुहको सुचक पनि क्रमशः शुन्य दशमलव शुन्य पाँच र शुन्य दशमलव शुन्य सात अंकले बढेका छन् ।

यि बाहेक वाँणिज्य बैंक समुहको सुचक भने छ दशमलव ५७ अंकले घटेर १३ सय ८५ दशमलव शुन्य चार अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि एक सय ३१ दशमलव ८१ अंकले घटेर पाँच हजार सात सय ९६ दशमलव ७७ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक पनि ४५ दशमलव ८३ अंकले घटेर २५ सय ६२ दशमलव १३ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ८४ दशमलव आठ अंकले घटेर १३ हजार ७९ दशमलव ६८ अंकमा झरेको छ ।

निर्जीवन बीमा समूहको सूचक पनि ७६ दशमलव ८३ अंकले घटेर ११ हजार एक सय १६ दशमलव २५ अंकमा झरेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ९८ दशमलव ९४, दुई सय दशमलव ७१, ३० दशमलव २७, २७ दशमलव ४० र छ दशमलव ८१ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमाल दोलखा हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबारका आधारमा भने ङादी ग्रुप पावर लिमिटेड पहिलो स्थानमा परेको छ ।



nationalnews7 nationalnews7   
  • January 29, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP