Dark Mode

      Subscribe

१० महिनामा १४ खर्ब ७४ अर्ब बराबरको वस्तु आयात, निर्यातमा नयाँ कीर्तिमान

754
SHARES
१० महिनामा १४ खर्ब ७४ अर्ब बराबरको वस्तु आयात, निर्यातमा नयाँ कीर्तिमान

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा १४ खर्ब ७४ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा १३ खर्ब ३ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको थियो। गत आर्थिक वर्षको तुलनामा चालु आवको साउनदेखि बैशाख मसान्तसम्ममा आयात करिब १३.११ प्रतिशतले बढेको छ। चालु आवको बैशाखमा मात्रै १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ।

यस अवधिमा निर्यात व्यापारमा नयाँ कीर्तिमान कायम भएको छ । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को १० महिना (साउन–वैशाख) को अवधिमा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन नेपालको इतिहासमा यस अवधिमा भएको सर्वाधिक निर्यात हो । गत आर्थिक वर्षको १० महिनाको तुलनामा ७३ प्रतिशतले निर्यात बढेको हो ।



nationalnews7 nationalnews7   
  • May 21, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP