Dark Mode

      Subscribe

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

949
SHARES
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

काठमाडौँ, ८ असोज।  सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला  पाँच सय रूपियाँले वृद्धि भएको छ ।

सोमबार प्रतितोला एक लाख ५९ हजार दुई सय रूपियाँमा कारोबार भएको छापावाला सुन आजका लागि  एक लाख ५९ हजार सात सय रूपियाँ निर्धारण भएको छ । नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

यस्तै, चाँदीको मूल्य आज तोलामा  पाँच रूपियाँले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि एक हजार नौ सय १५ रूपियाँ निर्धारण भएको छ ।



nationalnews7 nationalnews7   
  • September 24, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP