Dark Mode

      Subscribe

डिजिटल कारोबार बढ्दो, गोजीमा नगद र चेक बोक्ने घट्दै

637
SHARES
डिजिटल कारोबार बढ्दो, गोजीमा नगद र चेक बोक्ने घट्दै

काठमाडौँ । डिजिटल कारोबार ह्वात्तै बढेको छ । सबैभन्दा बढी मोबाइल बैंकिङ देखिएको छ । बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग बढेसँगै यो क्रम बिस्तारै घट्दै गएको छ । डिजिटल कारोबारका साधनहरू मोबाइल बैंकिङ, वालेट, डेबिटरक्रेडिट कार्ड, कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङलगायतको प्रयोग पछिल्लो समय अत्यधिक बढेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिना ९साउन–वैशाख० मा सबैभन्दा बढी प्रयोग हुने डिजिटल कारोबारका साधनमा मोबाइल बैंकिङ छ । सो अवधिमा मोबाइल बैंकिङबाट मात्र ५ करोड ७३ लाख ७१ हजार २१५ पटकमा ४५ अर्ब ६९ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

गत आवको सोही अवधिमा ४ करोड ६ लाख २९ हजार २२१ पटकमा ३२ अर्ब १ करोड ९० लाख रुपैयाँ कारोबार भएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष १ करोड ६७ लाख ४१ हजार ९९४ पटक बढी संख्यामा कारोबार हुँदा १३ अर्ब ६७ करोड ६४ लाख रुपैयाँ बढीको कारोबार भएको हो ।

अन्य साधनहरूभन्दा मोबाइल बैंकिङ सर्वाधिक प्रयोग हुने गरेको पाइएको छ । मोबाइल बैंकिङ छिटो, छरितो र विश्वासिलो भएका कारण यसको प्रयोग बढेको जानकारहरू बताउँछन् । त्यसैगरी, अर्को डिजिटल कारोबारको साधन वालेटको प्रयोग पनि उत्तिकै बढिरहेको छ । १० महिनामा वालेटबाट मात्र ३ करोड ७६ लाख ६४ हजार ४२६ पटकमा ४ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ कारोबार भएको छ ।

गत वर्ष वालेटबाट २ करोड ७८ लाख ५६ हजार ३२९ पटकमा २ अर्ब ८४ करोड ३९ लाख रुपैयाँ कारोबार भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यस्तै, डेबिटरक्रेडिट कार्डमार्फत् पनि धेरै संख्यामा कारोबार हुने गरेको पाइन्छ । १० महिनाको अवधिमा डेबिटरक्रेडिट कार्डबाट १ करोड २५ लाख ६० हजार ३६२ पटकमा हुँदा १० अर्ब ३४ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ ।

गत वर्ष सोही अवधिमा डेबिटरक्रेडिट कार्डबाट १ करोड २५ लाख ४६ हजार ९४२ पटकमा ९ अर्ब ९० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष १३ हजार ४२० पटकले बढी कारोबार हुँदा ४४ करोड ३८ लाख रुपैयाँले कारोबार बढेको हो ।

त्यस्तै, कनेक्ट आइपिएसबाट २५ लाख ४ हजार २ पटक कारोबार हुँदा २४ अर्ब ४३ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा कनेक्ट आइपिएसबाट ३४ लाख ४ हजार ७५६ पटकमा २३ अर्ब ८१ करोड १३ लाख रुपैयाँको कारोबार भएको थियो ।

गत वर्षको तुलनामा यो वर्ष ६२ करोड ७६ लाख रुपैयाँले बढी कारोबार भएको छ । त्यसैगरी, इन्टरनेट बैंकिङबाट कारोबार हुने संख्या पनि बढिरहेको छ । १० महिनामा इन्टरनेट बैंकिङबाट ४ लाख ५६ हजार ३५० पटकमा २ अर्ब ६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

गत वर्षको तुलनामा यो वर्ष १ लाख ७७ हजार ९२६ पटक बढी कारोबार हुँदा ७८ करोड ७७ लाख रुपैयाँको कारोबार भएको हो । गत आवको १० महिनामा इन्टरनेट बैंकिङबाट २ लाख ७८ हजार ४२१ पटक कारोबार हुँदा १ अर्ब २७ करोड ७८ लाख रुपैयाँको कारोबार भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।



nationalnews7 nationalnews7   
  • June 16, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP