Dark Mode

      Subscribe

जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई निर्देशन

39
SHARES
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई निर्देशन

वासिङ्टन । अमेरिकाले बहराइन, जोर्डन र इराकमा सुरक्षा सेवामा रहेका कर्मचारीबाहेक अन्य गैर–आकस्मिक सेवामा कार्यरत अमेरिकी नागरिकलाई ती मुलुकबाट जतिसक्दो छिटो बाहिरिन सूचना जारी गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार बहराइन र जोर्डन छाड्न गैर–आकस्मिक सेवाका कर्मचारीहरूलाई आदेश दिएको हो । इरानले अमेरिका–इजरायली आक्रमणको प्रतिकार गरिरहेको अवस्थामा नागरिकको सुरक्षालाई मध्यनजर गर्दै यो सूचना जारी गरिएको हो ।

मन्त्रालयले एक्समा गरेको पोष्टमा भनेको छ, “गैर–आकस्मिक सेवामा रहेका अमेरिकी सरकारी कर्मचारी र सरकारी कर्मचारीका परिवारका सदस्यहरूलाई प्रतिबिम्बित गदै विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई बहराइन, जोर्डन र इराकमा यात्रा नगर्न सुझाब दिएको छ ।

अमेरिका–इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको तेहरानले बताएको छ । इरानको रिभोलुसनरी गाड्र्सले बहराइनमा रहेको अमेरिकी हवाई अड्डालाई निशाना बनाएको इरानको रिभोलुसनरी गार्ड्सले मङ्गलबार जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

इराकको राजधानी बग्दादमा कालो पोशाकमा सयौँ प्रदर्शनकारीले आइतबार अमेरिकी दूतावास रहेको ग्रिन जोनमा प्रवेश गर्ने प्रयास गरेका छन् ।

जोर्डनको राजधानी अम्मानस्थित अमेरिकी दूतावासले सोमबार अज्ञात खतराका कारण अस्थायी रूपमा आफ्ना कर्मचारीहरूलाई खाली गरेको बताएको छ ।

साउदी अरबले शनिबार इरानले जवाफी आक्रमण सुरु गरेयता एक दर्जनभन्दा बढी क्षेप्यास्त्र पनि छेदन गरिएको जनाएको छ । –रासस/एएफपी



nationalnews7 nationalnews7   
  • March 3, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP