Dark Mode

      Subscribe

सामाजिक, राजनीतिक बेथितिहरु उठाईएको मिलन भण्डारीको र्‍याप गीत बजारमा

65
SHARES
सामाजिक, राजनीतिक बेथितिहरु उठाईएको मिलन भण्डारीको र्‍याप गीत बजारमा

काठमाडौं । नेपालको पछिल्लो समयको राजनितीक घटनाहरुमाथिको बेथितिको बिषयमा मिलन भण्डारिले र्‍याप बिधाको गीत बजारमा ल्याएका छन् ।

मिलन भण्डारी युट्युब च्यानलबाट अप्लोड गरिएको ‘बन्छु म नेता’ टाईटलको गीतमा नेता स्वयंले आफ्नो पर्दा पछाडिलो नकारात्मक चरित्रलाई ब्यक्त गरिरहेको शैलीमा उक्त गीत तयार पारिएको छ पछिल्लो समय र्‍याप गीत भन्नासाथ अश्लीलताले भरिएको शब्दहरु प्रयोग भएको गीतहरु बजारमा आईरहदा मिलन भण्डारीले भने अश्लील शब्दहरुबाट टाढा रहेर कुनै विषयलाई यसरी पनि र्‍याप गीतमार्फत प्रस्तुत गर्न सकिन्छ भनेर प्रयोग गरेका देखिन्छ ।

‘बन्छु म नेता’ गीतमा नेपालका नेताहरु जनताको नजरमा कस्ता छन् भन्ने बिषय आक्रोशपुर्ण रुपमा ब्यक्त गरिएको छ भने नेता स्वयंले आफ्नो नकारात्मक पक्ष आफैले ब्यक्त गरिरहेको निकै नै फरक शैलीमा सामाजिक,राजनिती बेथिति प्रस्तुत गर्न खोजेको छन् ।

जनयुद्धको समयमा जनताले रगत बगाएर नयाँ परिवर्तनको आशमा लडेपनी आज सम्म आईपुग्दा बिदेशीनु परेको विषय देखि कर्मचारीतन्त्रको अबस्था,राजनीतिज्ञको चरित्र,राज्यको अंगहरुमाथिको राजनितिक प्रहार सम्मको समग्र बिषयलाई ‘बन्छु म नेता’ गीतमा भण्डारीले समेटेका छन् भने यो देशमा मौलाएको भ्रस्टाचार,बेथिति अन्त्यको लागि युवाहरुले आँट गर्नुपर्ने आग्रहपुर्ण सन्देश समेत दिएका छन् ।



nationalnews7 nationalnews7   
  • March 23, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP