Dark Mode

      Subscribe

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

819
SHARES
इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई इरानको तेल साइटमा आक्रमण नगर्न सल्लाह दिँदै मध्यपूर्वमा सम्भावित युद्धबाट बच्न विश्वलाई एकिकृत गर्न खोजिरहेको बताएका छन् । ह्वाइट हाउसमा पूर्वजानकारी बिना अकस्मात आयोजित ब्रीफिंङमा बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अर्को कदमबारे निर्णय गर्दा इजरायलका लागि अमेरिकी समर्थनलाई स्मरण गर्नुपर्ने बताए ।

 

“यदि म इजरायलको ठाउँमा हुन्थे भने म तेल साइटमा आक्रमण गर्ने बाहेक अन्य विकल्पको बारेमा सोच्ने थिए”, बाइडेनले सञ्चारकर्मीलाई बताए । “इजरायलमा मङ्गलबार इरानले गरेको विशाल ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायली के गर्ने, कसरी गर्ने भन्ने निष्कर्षमा पुगेका छैनन्”, उनले भने ।

 

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटमा सम्भावित इजरायली आक्रमबारे ‘छलफल गरिरहेको’ बताएपछि तेलको मूल्य बढेको हो । राष्ट्रपतिय निर्वाचन नजिँकिदै गर्दा कुनै पनि दीर्घकालीन वृद्धि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका लागि हानिकारक हुनसक्छ ।

 

यसैबिच, उत्तरी क्यारोलिनामा चुनावी प्रचारमा लाग्नुभएका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले इरानको आणविक सुविधलाई इजरायलले लक्षित गर्ने सम्भावनाबारे बाइडेनलाई यस हप्ता सोधिएको प्रश्नलाई उद्धृत गर्दै इरानप्रति प्रतिक्रिया कस्तो हुनुपर्छ भन्नेबारे अझ बढी उत्तेजक दृष्टिकोण प्रस्तुत गरेका छन् ।



nationalnews7 nationalnews7   
  • October 5, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP