Dark Mode

      Subscribe

भोलिदेखि भैरहवामा नियमित उडान गर्दै कतार एयरवेज

702
SHARES
भोलिदेखि भैरहवामा नियमित उडान गर्दै कतार एयरवेज

काठमाडौँ । कतार एयरवेजले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए)बाट उडान भर्ने भएको छ । नोभेम्बर १२ अर्थात् भोलि मंगलबारदेखि ३० गतेसम्म १९ वटा उडान गर्ने गरी कतार एयरवेजले अनुमति पाएको जीबीआईएले जनाएको छ ।

 

विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले मंगलबारदेखि कतार एयरवेजले हप्तामा सातै दिन दोहा-भैरहवा-काठमाडौँ-दोहा उडान गर्ने बताए ।

 

कतार एयरवेजको जहाज दिउँसो २:४५ मा भैरहवा अवतरण हुनेछ । भैरहवामा दुई घण्टा बसरे ४:४५ बजे काठमाडौँका लागि प्रस्थान गर्ने छ । काठमाडौँबाट साँझ ६:५५ बजे दोहा प्रस्थान गर्ने तालिका छ।

 

योसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी ५ वटा पुगेका छन् । यसअघि नेपाल एयरलाइन्स, जजिरा, फलाई दुबई र थाइ एयर एशियाले उडान थालिसकेका छन् ।



nationalnews7 nationalnews7   
  • November 11, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP