Dark Mode

      Subscribe

‘प्रथम खो खो विश्वकप’ : महिलातर्फ नेपाल उपविजेता, भारतले जित्यो उपाधि

1.2K
SHARES
‘प्रथम खो खो विश्वकप’ : महिलातर्फ नेपाल उपविजेता, भारतले जित्यो उपाधि

काठमाडौं । प्रथम खो खो विश्वकप को महिलातर्फ नेपाल उपविजेता बनेको छ । आइतबार भएको फाइनलमा घरेलु टोली भारतसँग पराजित भएपछि नेपाल उपविजेता बनेको हो । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा नेपाल भारतसँग ७८-४० ले पराजित भएको हो । घरेलु कोर्टमा भारतीय महिला टोली अपराजित रहँदै च्याम्पियन बनेको हो ।

महिलातर्फ नेपाल र भारत दुव‌ अपराजित रहँदै फाइनल पुगेका थिए । दुई अपराजित टिमबीचको फाइनल भिडन्तमा भारतले बाजी मारेको हो । महिलातर्फ नेपाल समूह सी मा सबै चार खेल जित्दै अपराजित रहेर समूह सी को विजेताको रूपमा क्‍वाटरफाइनलमा प्रवेश गरेको थियो ।

नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३-२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३-३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगलादेशलाई ८४-२४ ले पराजित गरेको थियो । त्यसैगरी क्‍वाटरफाइनलमा इरानलाई १०३-८ अंकको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो भने सेमिफाइनलमा नेपालले युगाण्डालाई ८९-१८ ले पराजित गरेको हो ।



nationalnews7 nationalnews7   
  • January 19, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP