Dark Mode

      Subscribe

१४ वर्षपछि हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, परीक्षण उत्पादन सुरु गरिँदै

39
SHARES
१४ वर्षपछि हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, परीक्षण उत्पादन सुरु गरिँदै

हेटौँडा। कानुनी रूपमा २०६९ सालमा खारेज भएको हेटौँडा कपडा उद्योगलाई १४ वर्षपछि पुनः सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको छ। सरकारले दीर्घकालीन रूपमा उद्योग सञ्चालन गर्ने उद्देश्यसहित परीक्षण उत्पादनको प्रारम्भिक काम अगाडि बढाएको हो।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनमा तत्काल परीक्षण उत्पादन सुरु गर्ने र त्यसको परिणामका आधारमा रणनीतिक योजना बनाएर उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने कार्यदिशा उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार हाल उद्योगमा रहेका पुराना मेसिन तथा उपकरणको मर्मत सम्भार गरी प्रारम्भिक परीक्षण उत्पादन गरिनेछ। परीक्षण उत्पादनबाट प्राप्त परिणामका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने जनाइएको छ।

मन्त्री यादवले आगामी दुई महिनाभित्र हेटौँडा कपडा उद्योगबाट कपडा उत्पादन सुरु गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो। उहाँका अनुसार उद्योग पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अघि बढाइएको छ। सरकारी स्वामित्वको यो उद्योग लामो समयदेखि बन्द अवस्थामा रहे पनि रोजगारी सिर्जना, स्वदेशी उत्पादन प्रवर्द्धन र आयात प्रतिस्थापनको उद्देश्यसहित पुनः सञ्चालनको तयारी गरिएको हो।



nationalnews7 nationalnews7   
  • July 15, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP