Dark Mode

      Subscribe

विकास बैंकहरूको औषत नाफामा उल्लेख्य सुधार, तीन बैंक घाटामा

208
SHARES
विकास बैंकहरूको औषत नाफामा उल्लेख्य सुधार, तीन बैंक घाटामा

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ११ महिनामा विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विकास बैंकहरूले कुल सात अर्ब २१ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६।२० प्रतिशतले बढी हो।

नाफा आर्जन गर्ने बैंकमध्ये गरिमा विकास बैंक अग्रस्थानमा रहेको छ। बैंकले एक अर्ब ३५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। मुक्तिनाथ विकास बैंकले एक अर्ब २६ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले एक अर्ब एक करोड रुपैयाँ नाफा कमाएको छ।

त्यसैगरी, ज्योति विकास बैंकले ८१ करोड ६१ लाख, कामना सेवा विकास बैंकले ७५ करोड ५९ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ६० करोड ६८ लाख, महालक्ष्मी विकास बैंकले ५४ करोड ६५ लाख तथा लुम्बिनी विकास बैंकले ५२ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

अन्य विकास बैंकमध्ये एक्सेल डेभलपमेन्ट बैंकले १६ करोड १८ लाख, मितेरी डेभलपमेन्ट बैंकले १२ करोड ११ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले छ करोड २३ लाख, ग्रीन डेभलपमेन्ट बैंकले पाँच करोड ३६ लाख तथा कर्पोरेट डेभलपमेन्ट बैंकले तीन करोड ७५ लाख रुपैयाँ नाफा कमाएका छन्।

यद्यपि, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सालपा विकास बैंक भने घाटामा रहेका छन्। समीक्षा अवधिमा नारायणी डेभलपमेन्ट बैंकले छ करोड सात लाख, सिन्धु विकास बैंकले चार करोड ४१ लाख र सालपा विकास बैंकले ४७ लाख रुपैयाँ घाटा व्यहोरेका छन्।



nationalnews7 nationalnews7   
  • July 13, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP