Dark Mode

      Subscribe

काठमाडौं महानगरपालिकाको बजेट खर्च अत्यन्तै न्यून

1.1K
SHARES
काठमाडौं महानगरपालिकाको बजेट खर्च अत्यन्तै न्यून

काठमाडौं । संघीय राजधानी समेत रहेको देशकै ठूलो बजेट ल्याउने स्थानीय निकाय काठमाडौं महानगरपालिकाले बजेट खर्च अत्यन्तै न्यून गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना अर्थात् पुस मसान्तसम्म कुल बजेटको एक चौथाइ पनि खर्च गर्न नसकेको हो ।

महानगर वित्त विभागका अनुसार कुल विनियोजित २४ अर्ब ९० करोड ६३ लाख २५ हजार बजेटमध्ये ४ अर्ब ३७ करोड ८७ लाख ४७ हजारमात्र खर्च भएको छ । यो चालु आवको कुल लक्ष्यको १७.५८ प्रतिशतमात्र हो ।

आर्थिक विकासतर्फ विनियोजन भएको ७४ करोड ४४ लाख ८३ हजारमध्ये १८ करोड ६५ लाख रुपैयाँ अर्थात् २५ प्रतिशत खर्च गरेको छ । महानगरको आर्थिक विकास शीर्षकतर्फ कृषि, उद्योग, पर्यटन, सहकारी, वित्तीय क्षेत्र, पशुपन्छी विकास पर्छ ।



nationalnews7 nationalnews7   
  • January 23, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP