Dark Mode

      Subscribe

सीवाईसी लघुवित्तको खुद नाफा ४ करोड ३१ लाख ६२ हजार रुपैयाँ : प्रमुख कार्यकारी अधिकृत शर्मा

1.6K
SHARES
सीवाईसी लघुवित्तको खुद नाफा ४ करोड ३१ लाख ६२ हजार रुपैयाँ : प्रमुख कार्यकारी अधिकृत शर्मा

पोखरा। सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड ३१ लाख ६२ हजार ७९ रुपैयाँ खुद नाफा कमाएको छ। शनिबार पोखरामा सम्पन्न छैठौं वार्षिक साधारण सभामा सीवाईसीका प्रमुख कार्यकारी अधिकृत डोलेन्द्र प्रसाद शर्माले उक्त जानकारी दिएका हुन्।

चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार पुँजीकोष ८.२५, खराब कर्जा ४.३५ प्रतिशत र इपीएस १६ रुपैयाँ रहेको शर्माले बताए। ७७ जिल्लामा कार्यक्षेत्र रहेको सीवाईसी नेपालको चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार ३ सय ९० रुपैयाँ छ ।

संस्थाको रिजर्भ एण्ड सरप्लस ४० करोड ४२ लाख ८८ हजार ९ सय रुपैयाँ छ । संस्थामा लगानीमा रहेको कर्जा ६ अर्ब ८ करोड ६७ लाख १४ हजार ६ सय ५० रुपैयाँ, निक्षेप २ अर्ब ४८ करोड २४ लाख ६ हजार ५ सय १० रुपैयाँ, संस्थालेले लिएको ऋण २ अर्ब ६६ करोड ८५ लाख २८ हजार ७ सय ८० रुपैयाँ रहेको छ ।

साधारण सभाले संस्थाका अध्यक्ष पद्यनाथ शर्माले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०र८१ को लेखा परीक्षण प्रतिवेदन पास गरेको छ । १२४ शाखा रहेको सीवाईसी लघुवित्तमा १ लाख २२ हजार ७ सय ९७ सदस्य छन् भने ४७ हजार १ सय २० ऋणी रहेको प्रमुख कार्यकारी अधिकृत शर्माले साधारण सभामा जानकारी गराए ।

साधारण सभामा सीवाईसीको मुख्य प्रवर्धक संस्था सीवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्माले लघुवित्तले विपन्न नागरिकको हितलाई समेत ध्यान दिनुपर्ने बताए। सीवाईसी लघुवित्तमा सालिग्राम लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त संस्था गाभिएका थिए।



nationalnews7 nationalnews7   
  • January 25, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP