Dark Mode

      Subscribe

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर

1.2K
SHARES
एनसेलले ल्यायो ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर

काठमाण्डौ । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवशको अवसरमा, एनसेलले न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर ल्याएको छ। यस विशेष योजनामा ग्राहकहरूले डेटा प्याक किन्दा बोनस डाटा प्राप्त गर्दछन् र साथै २५ जना भाग्यशाली ग्राहकहरूले न्यूम्यूको सनग्लास जित्ने मौका पाउनेछन्।

यो फ्ल्यास सेल एनसेल एपमा मात्र उपलब्ध विशेष अफर हो । यस नयाँ अफरअन्तर्गत, भ्यालेन्टाइन डेका दिन एनसेल एपमा फ्ल्यास सेलमा रहेका डेटा प्याकहरू खरिद गर्ने प्रत्येक ग्राहकले प्याकअनुसार १ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा र ५० मिनेट अन–नेट टक टाइम प्राप्त गर्नेछन्। साथै, फ्ल्यास सेल प्याक खरिद गर्ने सबै ग्राहकहरूले मार्च ८ सम्म न्यूम्यू उत्पादनहरूमा २०प्रतिशत छुट पाउनेछन्।

अफरको फाइदा लिन ग्राहकहरूले आफ्नो मोबाइलमा एनसेल एप राखेको हुनुपर्दछ । यदि एनसेल एप नभएमा, उनीहरूले एप स्टोरबाट डाउनलोड गर्न सक्छन्। एप डाउनलोड गरेपछि, एनसेल नम्बर प्रयोग गरी लगइन वा साइन अप गर्न पर्दछ ।

अफरको दिन, अर्थात् फेब्रुअरी १४ मा ग्राहकहरूले एनसेल एपको फ्ल्यास सेलमा गई त्यहाँ रहेका आठ प्याकहरूमध्ये आफ्नो डेटा आवश्यकताअनुसार कुनै पनि प्याक खरिद गर्न सक्छन्। सुचीमा १ दिन समयावधि रहेको रु. ५० को अनलिमिटेड डेटादेखि ३० दिन समयसीमा रहेको रु. १,४९९ सम्मको प्याकहरु रहेका छन्।



nationalnews7 nationalnews7   
  • February 13, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP