Dark Mode

      Subscribe

रेटिङमा विद्युत प्राधिकरणलाई लगातार तेस्रोपटक ‘डबल ए प्लस’

1.1K
SHARES
रेटिङमा विद्युत प्राधिकरणलाई लगातार तेस्रोपटक ‘डबल ए प्लस’

काठमाण्डाै । नेपाल विद्युत् प्राधिकरणको चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरेर सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने भएको छ ।

चुक्ता पूँजी झन्डै तीन खर्ब रुपैयाँ कायम गरी प्राथमिक शेयर सर्वसाधारणलाई निष्कासन प्रस्ताव गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । प्रिमियमसहित प्राधिकरणको शेयरको मूल्य प्रतिकित्ता मूल्य झन्डै तीन सय रुपैयाँ हुनेछ । तर यसका लागि नियामक नेपाल धितोपत्र बोर्डले अनुमति दिनुपर्नेछ ।

प्राधिकरणको वार्षिक आम्दानी एक खर्ब १६ अर्ब र सम्पत्ति सात खर्ब रुपैयाँभन्दा बढी छ । प्राधिकरणले क्रेडिट रेटिङमा यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । योसँगै प्राधिकरणले लगातार तेस्रो पटक ‘डबल ए प्लस’ रेटिङ पाएको छ ।

प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वहरू लगायतको विश्लेषण गरी रेटिङ गरिएको हो।



nationalnews7 nationalnews7   
  • February 16, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP