Dark Mode

      Subscribe

शोधभर्ना प्राप्तिमा सुधार, गत वर्षभन्दा यसपालि प्रगति

1.1K
SHARES
शोधभर्ना प्राप्तिमा सुधार, गत वर्षभन्दा यसपालि प्रगति

काठमाडौं । शोधभर्ना प्राप्तिमा सुधार हुँदै गएको छ । अघिल्ला वर्षहरुमा ठुलो मात्रामा त्यस्तो रकम उठ्न बाँकी रहने देखिएकोमा हाल १३ अर्ब मात्रै त्यस्तो रकम उठ्न बाँकी देखिएको हो । महालेखा नियन्त्रक कार्यालयकाअनुसार आर्थिक वर्ष २०८१/८२ को सुरूवातमा विकास सहायतातर्फ नेपाल सरकारको स्रोतबाट खर्च भई शोधभर्ना प्राप्त गर्नुपर्ने रकम अनुदानतर्फ ६ अर्ब २५ करोड ११ लाख र सहुलियतपूर्ण ऋणतर्फ १४ अर्ब ३३ करोड ३ लाख गरी जम्मा २० अर्ब ५८ करोड १४ लाख रुपियाँ रहेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म १८ अर्ब २२ करोड ४१ लाख शोधभर्ना लिन बाँकी भएकोमा २५ अर्ब ६६ करोड ६२ लाख शोधभर्ना प्राप्त भएको छ । हाल शोधभर्ना लिन बाँकी रकम १३ अर्ब १३ करोड ९३ लाख रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा शोधभर्ना लिन बाँकी १७ अर्ब २१ करोड एक लाख रहेको थियो । शोधभर्ना प्राप्तिको हिसाव राख्ने महालेखा नियन्त्रकको कार्यालयकाअनुसार शोधभर्ना प्राप्तिमा ठुलो सफलता हासिल गर्दै गइएको छ । विगतमा ठुलो मात्रमा शोधभर्ना प्राप्ति हुन नसक्दा सरकारी स्रोत र मुलुकको भुक्तानी सन्तुलनमा नराम्ररी चाप पर्दै आएको थियो ।

शोधभर्ना भुक्तानी दातृ निकायले आयोजनाको वास्तविक खर्चका आधारमा गर्ने गरेका छन् तर विगतमा सञ्चालित आयोजनाले वास्तविक खर्च नदेखाउँदा पनि अघिल्ला वर्षहरुमा शोधभर्ना भुक्तानीमा दातृ निकायले आनाकानी गर्ने गरेका थिए ।



nationalnews7 nationalnews7   
  • February 17, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP