Dark Mode

      Subscribe

१९.३० अंकले बढ्याे नेप्से, सात अर्ब ३५ करोडको शेयर काराेबार

793
SHARES
१९.३० अंकले बढ्याे नेप्से, सात अर्ब ३५ करोडको शेयर काराेबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार १९.३० अंकले बढेर २ हजार ६२८.३६ अंकमा चढेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ४.१५ अंकले बढेर चार सय ४२ दशमलव ३२ अंकमा चढेको छ ।

नेप्सेमा आज ३२४ वटा कम्पनीको ७१ हजार २८७ पटकको कारोबारमा एक करोड ६२ लाख पाँच हजार ५५८ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा होटेल तथा पर्यटन समूहको सूचक ७०.४९ अंकले घटेर छ हजार ८९७.८३ अंकमा झरेपनि बाँकी समूहको सूचक भने बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १६.७५ अंकले बढेर १ हजार ३१६.६९ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक १०५.८२ अंकले बढेर पाँच हजार ३८५.७ अंकले चढेको छ ।

फाइनान्स समूहको सूचक १७.५५ अंकले बढेर २ हजार ३९३.२८ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक ३५.७९ अंकले बढेर तीन हजार ४४३.०५ अंकमा चढेको छ । यसैगरी जीवन बिमा समूहको सूचक ७६.दुई अंकले बढेर १३ हजार २६६ दशमलव ५७ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि १७२.५५ अंकले बढेर १२ हजार ३८९.८९ अंकमा चढेको छ ।



nationalnews7 nationalnews7   
  • May 19, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP