Dark Mode

      Subscribe

कांग्रेस र एमालेबिचको गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले महासचिव पोखरेल

1.2K
SHARES
कांग्रेस र एमालेबिचको गठबन्धन आगामी निर्वाचनसम्म  रहन्छ : एमाले महासचिव पोखरेल

बाँके। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धन आगामी निर्वाचनसम्म रहेको बताउनुभएको छ।

नेकपा (एमाले) स्थानीय विकास विभागको आयोजनामा शनिबार नेपालगन्जमा आयोजित जरा अभियान अन्तर्गत २०४९ देखि २०७९ सालको स्थानीय निर्वाचनमा पार्टीबाट प्रत्यासी बनेका उम्मेदवारको सम्मान तथा अभिमुखीकरण कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताउनुभएको हो।

महासचिव पोखरेलले भन्नुभयो, ‘कांग्रेस र एमालेको गठबन्धन अरू कसैले चाहेर ढल्दैनन्।’एमाले बाँके स्थानीय विकास विभागका संयोजक मिनबहादुर मल्लले कार्यक्रममा २०४९, २०५४, २०७४ र २०७९ सालमा भएको स्थानीय निर्वाचनमा वडादेखि पालिका, गाविसदेखि जिविससम्म उम्मेदवार बनेका नेतालाई सम्मान गरिएको जानकारी दिनुभयो।

कार्यक्रम अन्तर्गत करिब तीन हजार प्रत्यासी उम्मेदवारलाई सम्मान गरिएको हो। सम्मान कार्यक्रममा सहभागी साविक बागेश्वरी गाविस वडा नम्बर ९ मा एमालेबाट निर्वाचित वडाध्यक्ष देबबहादुर रोकायले जिल्ला पार्टीले पुराना कार्यकर्तालाई स्मरण गर्नु सह्रानीय कार्य भएको बताउनुभयो।



nationalnews7 nationalnews7   
  • March 8, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP