Dark Mode

      Subscribe

दोस्रो दिन पनि शिक्षकहरू सडकमा, शिक्षा मन्त्रालयले बोलायो वार्तामा

1.1K
SHARES
दोस्रो दिन पनि शिक्षकहरू सडकमा, शिक्षा मन्त्रालयले बोलायो वार्तामा

काठमाडौं– शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै आज दोस्रो दिन पनि शिक्षकहरू आन्दोलित भएका छन् । नेपाल शिक्षक महासङ्घले बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन थालेको हो । बिहीबार उनीहरूले माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वर पुगी औपचारिक कार्यक्रम गरेका छन् ।

यसैबीच आन्दोलनरत शिक्षकहरूलाई वार्ता र संवादमा आउन शिक्षा मन्त्रालयले अनुरोध गरेको छ । गत बुधबारदेखी काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षक तथा विद्यालय कर्मचारीलाई वार्ता र संवादमा आउन मन्त्रालयले अनुरोध गरेको हो ।

आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ति जारी गर्दै छलफल गर्न र साझा धारणा निर्माण गर्न मन्त्रालय तयार रहेको जनाएका छन् । विद्यालय शिक्षा विधेयक निर्माणको काम प्रतिनिधिसभा अन्तर्गत शिक्षा समितिमा भइरहेको जनाउँदै शिक्षक समुदायसँग विगत झैं फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न सरकार तयार रहेको जनाएका हुन् ।

हिजोबाट विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै बुधबार देखी शिक्षक कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएको भोलीपल्ट मन्त्रालयले वार्तामा बोलाएको हो । शिक्षकहरूले उठान गरेका विषय आन्दोलनप्रति मन्त्रालय जानकार रहेको जनाउँदै निकासका लागि मन्त्रालय तयार रहेको पनि जनाइएको छ ।



nationalnews7 nationalnews7   
  • April 3, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP