Dark Mode

      Subscribe

‘सीमा विवाद विषय कूटनीतिक माध्यमले समाधान गर्छौं’: प्रधानमन्त्री शाह

13
SHARES
‘सीमा विवाद विषय कूटनीतिक माध्यमले समाधान गर्छौं’:  प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको मागअनुसार आइतबारको बैठकमा उपस्थित भई सांसदहरुको सवालको जवाफ दिनुभएको हो । लिम्पियाधुरा लगायतको भूभागबारेमा सरकारले कुटनीतिक नोट पठाइसकिएको र त्यहीअनुरुप त्यो समस्या समाधान गरिने उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुहुँदै प्रधानमन्त्री शाहले सो कुरा बताउनुभएको हो । उहाँले बेलायत र भारत दुवै पक्षसँग कुटनीतिक तरिकाबाट सुल्झाउने उहाँले बताउनुभयो । नेकपा (एमाले) का संसदीय दलका उपनेता पद्माकुमारी अर्यालले उठाउनुभएको विषयमा उहाँले सो जवाफ दिनुभएको हो ।

कम विकाशसील देशबाट विकासशील देशमा उकास्न र देशको आर्थिक अवस्था बढाउनतिर सरकारको ध्यान गएको उहाँले बताउनुभयो । विपन्नहरु महँगो कलेजमा पढ्न नसक्ने हुनाले त्यस्ता विद्यार्थीका लागि यसअघि काठमाडौं महानगरपालिकाले समेत त्यो काम गरेको स्मरण गर्दै उहाँले सरकारले देशभरी त्यो व्यवस्था लागू गर्न खोजेको बताउनुभयो ।

संविधानमा निःशुल्क शिक्षाको व्यवस्था भए पनि सरकारको बजेटले नभ्याउने भन्दै उहाँले विपन्न परिवारका विद्यार्थीलाई सरकारले सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सुकुम्बासीको विषयमा सांसदहरुले उठाउनुभएको जिज्ञासामा प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या स्थायी रुपमा समाधान गर्न होल्डिङ सेन्टरमा सारिएको बताउनुभयो । नदी किनारमा फोहोर ठाउँमा बसेर सुकुम्बासी परिवारहरु जोखिममा रहेको र विभिन्न रोगबाट ग्रस्त रहेकाले ज्यानबाट जोगाउन उहाँहरुलाई खोला किनारबाट सारेको बताउनुभयो ।

‘३५ वर्षमा नभएको काम ३५ मिनेटमा नखोजौं, अलि समय त लाग्छ तर समाधान हुन्छ’ उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, “भूमि समस्या समाधानका लागि सरकार कुटनीतिक माध्यमबाट समाधान गर्नेछ ।”

सहकारी पीडितहरुको पैसा तिर्ने व्यवस्था हुने बताउँदै उहाँले त्यसबारेमा प्रक्रिया सुरु भइसकेको बताउनुभयो । आयोगका विभिन्न प्रतिवेदनलाई अध्ययन गरी सम्बोधनका लागि सरकारले पहल लिइरहेको उहाँले बताउनुभयो । बाँदर व्यवस्थापनको विषय कठिन विषय भएको भए पनि व्यवस्थापनका लागि आवश्यक पहल लिने उहाँले बताउनुभयो ।



nationalnews7 nationalnews7   
  • May 31, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP