Dark Mode

      Subscribe

नेपाली कार बजारमा चिनियाँ ब्राण्डहरुको बर्चश्व, भारतीय रोजाई कम

1.1K
SHARES
नेपाली कार बजारमा चिनियाँ ब्राण्डहरुको बर्चश्व, भारतीय रोजाई कम

काठमाडौं । नेपालको कार बजारमा भारतीय कम्पनी र ब्राण्डहरुको बर्चश्वलाई चीनले तोडेको छ । सन् २०२५ मा चिनियाँ कम्पनी र ब्राण्डहरुले नेपालको कार बजारको ५२।५ प्रतिशत हिस्सा ओगटेका छन् । नेपाली कार बजारमा भारतीय ब्राण्ड र कम्पनीहरुले आफ्नो वर्चश्व गुमाएको यो पहिलो पटक हो ।

जीवाश्म इन्धनको विकल्पको रुपमा पछिल्ला केही दशकयता बजारमा आएका विद्युतीय कारहरु नेपालमा पनि लोकप्रिय हुँदै गइरहेका छन् । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी साधन अर्थात इभीहरु लोकप्रिय हुँदै जाँदा नेपाली उपभोक्ताले समेत भारतीय ब्राण्डको तुलनामा चिनियाँ ब्राण्डहरु रोज्न थालेका छन् ।

भारतीय बजार टिप्पणीकार जयन्त मुन्ध्राले आफ्नो लिंक्डइनमा लेखेका छन् ‘यो धेरै ठूलो कुरा हो । मारुती, टाटा, महिन्द्रा र अन्य भारतमा निर्मित कारहरुले लामो समयदेखि नेपाली बजारमा प्रभुत्व जमाएका थिए । त्यो प्रभुत्व अब हराएको छ र सबैभन्दा खराब कुरा यो भारतको सबैभन्दा ‘सहज’ बजारमा भएको छ ।’

नेपालको कूल विद्युतको ८५ प्रतिशत हिस्सा जलविद्युतले ओगटेको छ र नेपालमा जलविद्युत अहिले उत्पादन भएको भन्दा कैयौं गुणा धेरै उत्पादन हुन सक्छ । आन्तरिक खपतपछि पनि नेपाल ठूलो परिमाणमा विद्युत निर्यात गर्न समेत सक्षम हुन सक्नेछ । यस्तोमा नेपाली बजारमा विद्युतीय कारको लागन तुलनात्मक रुपमा धेरै कम हुन जान्छ ।



nationalnews7 nationalnews7   
  • May 6, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP