Dark Mode

      Subscribe

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गलाई होलिडे इन रिसोर्टमा विषेश छुट

715
SHARES
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गलाई होलिडे इन रिसोर्टमा विषेश छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गलाई बुढानिलकण्ठ स्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र होलिडे इन रिसोर्ट बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गलाई खाना र सफ्ट ड्रिङक्समा १५ प्रतिशत छुट दिने भएको छ । छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

ग्राहकवर्गलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधा बैंकले दिदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध छ ।



nationalnews7 nationalnews7   
  • May 18, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP