Dark Mode

      Subscribe

सामाजिक सञ्जालकाे शिखरमा रोनाल्डो, एक अर्ब फलोअर्स पाउने पहिलो व्यक्ति

1.1K
SHARES
सामाजिक सञ्जालकाे शिखरमा रोनाल्डो, एक अर्ब फलोअर्स पाउने पहिलो व्यक्ति

काठमाडौं । स्टार फुटबलर क्रिश्टियानो रोनाल्डोले सामाजिक सञ्जलाको प्लेट फर्ममा १ बिलियन ९एक अर्ब० फलोअर्स प्राप्त गरेका छन्। सामाजिक सञ्जालमा रहेका उनका सबै आधिकारिक एकाउन्टका फलोअर्सको संख्या जोड्दा उनले १ अर्ब फलओअर्स प्राप्त गरेका हुन्।

पोर्चुगिज स्टारलाई चर्चित सामाजिक सञ्जालहरुमा निकै राम्रो समर्थन रहेको छ। उनलाई सामाजिक सञ्जाल एक्स मा १ सय मिलियनबढीले फलो गर्दा इनस्टग्राममा ६०० मिलियनले फलो गरेका छन्।

केही समयअघि मात्र युट्युव रिलिज गरेका रोनाल्डोले त्यसमा पनि ६० मिलियन सस्क्राइब पाएका छन्। त्यस्तै फेसबुकमा उनका १ सय ७० मिलियनबढी फलोअर्स रहेका छन्। साथै उनी चाइनिज सामाजिक सञ्जालमा समेत लोकप्रिय छन्। चाइनिज सामाजिक सञ्जाल कुआइशोमा उनका करिब ९ मिलियन समर्थक रहँदा विबोमा ७ मिलियन बढी समर्थक छन्।

उनले आफ्नो १ अर्ब फलोअर्स भएसँगै सबै समर्थकलाई धन्यवाद दिएका छन्। उनले समाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै भने,’हामीले इतिहास बनाएका छौं( एक अर्ब फलोअर्स१ यो केवल एउटा संख्यामात्र होइन( यो हाम्रो साझा जोश, दृढता, र खेलप्रतिको प्रेमको प्रमाण हो।’

उनले अगाडि थपे,’माडेरियाका गल्लीहरूदेखि विश्वका ठूला मञ्चहरूसम्म, मैले सधैं मेरो परिवार र तपाईँहरूको लागि प्रतिस्पर्धा गरेको छु, अब हामी १ अर्ब जना एकसाथ उभिएका छौं।’ उनी अगाडि लेख्छन्,’तपाईँहरू मेरो प्रत्येक कदममा साथमा हुनुहुन्थ्यो, सबैभन्दा माथि र सबैभन्दा तलको अवस्थामा पनि। यो यात्रा हाम्रो साझा यात्रा हो, र हामीले सँगै कुनै पनि लक्ष्य असम्भव छैन भन्ने देखाएका छौं।’

रोनाल्डोले भने,’मलाई विश्वास गर्नुभएकोमा, तपाईँहरूको समर्थनका लागि र मेरो जीवनको हिस्सा हुनुभएकोमा धन्यवाद। अझ उत्कृष्ट कुराहरु आउन बाँकी छ र हामीसँगै अघि बढिरहनेछौं। जित हासिल गर्नेछौं, र इतिहास रचिरहनेछौं।’रोनाल्डोले आफ्नो करिअरमा पाँच पटक बालोनडि’ओर जितेका छन्। अहिलेसम्म विश्वकप जित्न नसकेका उनले युरोपियन च्याम्पियनसिपको उपाधि जितेका छन्।



nationalnews7 nationalnews7   
  • September 13, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP