Dark Mode

      Subscribe

झिलीमिली बत्ती दक्ष प्राविधिकबाट मात्रै जडान गर्न विद्युत प्राधिकरण उर्लाबारी शाखाको आग्रह

1K
SHARES
झिलीमिली बत्ती दक्ष प्राविधिकबाट मात्रै जडान गर्न विद्युत प्राधिकरण उर्लाबारी शाखाको आग्रह

निश्चल ढकाल /उर्लाबारी : नेपाल विद्युत प्राधिकरण उर्लाबारी वितरण केन्द्र ,उर्लाबारी सब स्टेशनले वि.सं. २०८१ सालको शुभ-दिपावली, छठ, तथा नेपाल सम्बत्को अवसरमा ग्राहकवर्गमा शुभकामना व्यक्त गर्दै सचेत गराएकाे छ । मंगलबार प्राधिकरणले  सामाजिक संजाल फेसबुकमार्फत ग्राहकहरुमा शुभकामना व्यक्त गर्दै सचेत पनि गराएकाे हो ।

उर्लाबारी वितरण केन्द्रले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ,” वि.स.२०८१ सालको शुभ दिपावलि, छठ साथै नेपाल संवत् को पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभावहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु तथा प्रगतिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौ ।”

यसैबीच प्राधिकरणले झिलीमिली बती प्रयोग गर्दा दक्ष प्राविधिकबाट मात्र जडान गरि बिधुतिय दुर्घटना बाट बच्न सम्बन्धित सम्पूर्ण ग्राहक वर्गहरुलाई आग्रह गरेको छ। प्राधिकरणका निमित्त प्रमुख विनोद शाहले तिहारको समयमा विभिन्न प्रकारको बत्ति जडान गर्ने क्रममा दुर्घटना हुन सक्ने बताउदै सबैलाई संयमित र सचेत रहेर झिलीमिलि लगाउन आग्रह गर्नु भएको छ।

साथै उहाँले तिहार बत्तिको चाड भएकाले धेरै ठाउँमा बत्ती बाल्दा ओभर लोड भएर विद्युतीय संरचनामा क्षति भई नियमित विद्युत आपूर्तिमा अवरोध हुन सक्ने बताउँदै क्षति भएको संरचनाको मर्मत कार्य गर्न समय लाग्न जनाएकाे छ । यस  अवस्थामा  सबै पक्षलाई धैर्यताको साथ रहन र मर्मत सम्पन्न हुन साथ नियमित सेवा प्रदान गर्न प्राधिकरण २४ सै घण्टा तयार रहेको निमित्त प्रमुख  शाहले बताउनु भयो ।

यसैबीच उहाँले यस समय ओभर लोडका कारण ट्रान्सर्फमरको फ्युज जाने, तार चुँडिनेलगायत समस्या हुने भन्दै त्यस्तो कुनै घटना भए तत्काल उर्लाबारी सब स्टेशनको नो लाइट नम्बर ०२१५४२१४० वा ९८५२०२९९१९ मा सम्पर्क गरि जानकारी गराउन आग्रह गर्नु भएकाे छ ।

 

 



nationalnews7 nationalnews7   
  • October 29, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP