Dark Mode

      Subscribe

पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड

819
SHARES
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड

काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता अभिमुखिकरण अभियान सुरु गरेको छ । यस क्षेत्रमा दक्षजनशक्ति उत्पादन तथा आगामी पुस्तालाई अभ्यस्त गराउने उद्देश्यले बोर्डले अभिमुखिकरण अभियान शुभारम्भ गरेको हो । पर्यटन जनशक्तिलाई सशक्त बनाउने लक्ष्यका साथ कार्यक्रम सुरुवात गरिएको बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताउनुभयो ।

“अभियान पर्यटन प्रवद्र्धनको पहल हो । यस कार्यमा विद्यार्थी र उद्योगी व्यवसायीको सक्रिय साथको अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “यो पहल ज्ञान हस्तान्तरणका लागि मात्र नभइ पर्यटन उद्योगको भविष्यलाई आकार दिने युवा नेताहरु बनाउने अभियान पनि हो ।” ‘इम्पावरिङ फ्युचर टुरिज्म लिडरसिपः शेयरिङ नलेज एन्ड इन्सपायरिङ ग्रोथ’ शीर्षकको मासिक शृङ्खलाको उद्घाटन सत्रमा शुभश्री कलेज अफ म्यानेजमेन्टका ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका ६५ विद्यार्थी सहभागी थिए । बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले यस कार्यक्रमले विद्यार्थीलाई उद्यमी बन्नेतर्फ प्रेरित गर्ने बताउनुभयो ।

बोर्डका वरिष्ठ प्रबन्धक बिमल कँडेलले नेपालका अनुपम पर्यटकीय सम्पदाबारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । शुभश्री कलेजका प्रिन्सिपल मनिता ओलीले विद्यार्थीले आतिथ्य क्षेत्रमा नयाँ सीप र ज्ञान हासिल गर्दै भविष्यमा पर्यटन पेसाप्रति अभिप्रेरणा जगाउन यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । यो पहलले उद्योग विशेषज्ञता र उदीयमान प्रतिभाबीचको खाडललाई कम गर्दै आवश्यक वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ । कार्यक्रमले सिकाइ, सहकार्य र नवप्रवर्तनलाई बढावा दिने जनाइएको छ । यसमार्फत अनुभवी प्रशिक्षक, शिक्षक र विद्यार्थीलाई पर्यटनमा नवीनतम प्रवृत्ति छलफल गर्न र भविष्यका अवसर अन्वेषण गर्न अभिप्रेरित गर्ने कार्यक्रमको समन्वय गरिरहनुभएका बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले बताउनुभयो ।

कार्यक्रममा सहभागी हुन चाहने शैक्षिक संस्थाले पर्यटन सम्पदा तथा संशोधन विकास महाशाखाको पर्यटन क्षमता विकास एकाइमा सम्पर्क गर्नसक्ने बोर्डले उल्लेख गरेको छ । बोर्डले नेपालमा दिगो पर्यटन प्रवद्र्धन गर्न र प्रमुख पर्यटन गन्तव्यका रूपमा देशको छवि बढाउन प्रतिबद्ध रहेको भन्दै नवीन कार्यक्रम र साझेदारीमार्फत, बोर्डले पर्यटन उद्योगको विकासलाई दीर्घकालीन सुनिश्चित गर्ने लक्ष्य राखेको जनाएको छ ।



nationalnews7 nationalnews7   
  • September 23, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP