Dark Mode

      Subscribe

महाशिवरात्रिका अवसरमा पशुपतिमा ४ हजार साधुसन्त, ८ लाख दर्शनार्थीको अनुमान

351
SHARES
महाशिवरात्रिका अवसरमा पशुपतिमा ४ हजार साधुसन्त, ८ लाख दर्शनार्थीको अनुमान

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी अन्तिम अवस्थामा पुगेको जनाएको छ । कोषले बिहीबार पत्रकार सम्मेलन गर्दै व्यवस्थापन र तयारीबारे यस्तो जानकारी दिएको हो ।

कोषका अनुसार शिवरात्रिका दिन ट्राफिक व्यवस्थापन, दर्शनार्थीका लागि चार वटा लाइनबाट दर्शन गर्ने तथा सुरक्षा लगायतको व्यवस्था मिलाइएको छ । फागुन २ गते महाशिवरात्रि पर्व परेको छ ।

महाशिवरात्रि पर्व– २०८२ व्यवस्थापन तयारीबारे बिहीबार कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यो वर्ष शिवरात्रिका दिन ८ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्न सक्ने र चार हजार साधुसन्तहरु सहभागी हुनेछन् ।



nationalnews7 nationalnews7   
  • February 12, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP