Dark Mode

      Subscribe

भारतसहित नेपालका विभिन्न स्थानका नागा बाबा पशुपति मन्दिर गरे प्रवेश

1K
SHARES
भारतसहित नेपालका विभिन्न स्थानका नागा बाबा पशुपति मन्दिर गरे  प्रवेश

काठमाडौं । महाशिवरात्रि नजिकिँदै जाँदा छिमेकी मुलुक भारतसहित नेपालका विभिन्न स्थानबाट नागा बाबा काठमाडौं आउन थालेका छन्। सोही क्रममा आज नागा बाबा काठमाडौं आईपुगेर पशुपतिनाथ मन्दिरको प्रवेशद्वार नम्बर १ हुँदै मन्दिर परिसर प्रवेश गरेका छन्।

जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन्। महाशिवरात्रिको अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा यी चारै सम्प्रदायका बाबा उपस्थित हुने परम्परा छ।

महाशिवरात्रि पर्व नजिकिएसँगै मन्दिर परिसरमा भक्तजनको आवतजावत बढ्दै गएको छ। पशुपति क्षेत्र विकास कोष ले पर्व लक्षित व्यवस्थापनलाई तीव्रता दिएको जनाएको छ।

 



nationalnews7 nationalnews7   
  • February 13, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP