Dark Mode

      Subscribe

संस्थागत निक्षेप लगानीको लागि अफर, बैंकिङ प्रणालीमा नौ अर्ब ३५ करोड रुपैयाँ राख्दै राष्ट्र बैंक

195
SHARES
संस्थागत निक्षेप लगानीको लागि अफर, बैंकिङ प्रणालीमा नौ अर्ब ३५ करोड रुपैयाँ राख्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले नौ अर्ब ३५ करोड रुपैयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकले सोमबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो ।

बैंकको बिभिन्न कोषमा रहेको उक्त परिमाणको रकम तीन सय ६६ दिने मुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि फेवु्रअरी २४, २०२६ देखि फेव्रुअरी २४, २०२७ सम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही फागुन आठ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि छुट्याईएको कुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि सात अर्ब ४८ करोड, बिकास बैंकहरुको लागि एक अर्ब ४० करोड ५० लाख र फाईनान्स कम्पनीहरुको लागि ४६ करोड ७५ लाख रुपैयाँ छुट्याईएको छ ।

रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई वर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका न्युनतम सर्तहरु तोकिएको राष्ट्र बैंकको भनाई छ ।



nationalnews7 nationalnews7   
  • February 16, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP