Dark Mode

      Subscribe

सात महिना एक खर्ब ६८ अर्बको निर्यात हुँदा ११ खर्ब २३ अर्बको आयात, नौ खर्ब ५५ अर्ब व्यापार घाटा

26
SHARES
सात महिना एक खर्ब ६८ अर्बको निर्यात हुँदा ११ खर्ब २३ अर्बको आयात, नौ खर्ब ५५ अर्ब व्यापार घाटा

काठमाडौं । आयात र निर्यातबिचको उच्च असन्तुलनका कारण नेपालको बैदेशिक व्यापार घाटा उच्चरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको सात महिनाको प्रतिवेदन अनुसार आयात र निर्यातबिचको उच्च असन्तुलनका कारण व्यापार घाटो बढेको देखिएको हो । प्रतिवेदन अनुसार यस अवधिमा कुल वस्तु निर्यात ३२ दशमलव दुई प्रतिशतले बढेर एक खर्ब ६८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४६ दशमलव पाँच प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४० दशमलव तीन प्रतिशत र नौं दशमलव चार प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५५ दशमलव तीन प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८२\८३ को सात महिनामा कुल वस्तु आयात १३ दशमलव छ प्रतिशतले बढेर ११ खर्ब २३ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १० दशमलव एक प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः पाँच दशमलव पाँच प्रतिशत, २२ दशमलव तीन प्रतिशत र २९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, सुनलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, दाल, एम.एस.विलेट, एम.एस. तार, छड, बार, क्वाइललगायतका वस्तुको आयात घटेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२÷८३ को सात महिनामा कुल वस्तु व्यापार घाटा १० दशमलव नौं प्रतिशतले बढेर नौं खर्ब ५५ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा छ दशमलव दुई प्रतिशतले वृद्धि भएकोे थियो । समीक्षा अवधिमा निर्यात आयात अनुपात १५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२ दशमलव नौं प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब तीन अर्ब ९२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब तीन अर्ब ९४ करोड बराबरको भएको थियो । बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुकोे अनुपात क्रमशः ६९ दशमलव सात प्रतिशत, २९ दशमलव तीन प्रतिशत र एक प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुुपात क्रमशः ६१ दशमलव आठ प्रतिशत, ३७ दशमलव चा र प्रतिशत र शुन्य दशमलव आठ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भएको कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ३७ प्रतिशत, ५३ दशमलव आठ प्रतिशत र नौं दशमलव दुई प्रतिशत रहेको छ । घिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ३९ दशमलव नौं प्रतिशत, ५१ दशमलव दुई प्रतिशत र आठ दशमलव नौं प्रतिशत रहेको थियो ।



nationalnews7 nationalnews7   
  • March 11, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP