Dark Mode

      Subscribe

आईएमई लाइफ इन्स्योरेन्सको नाफा १० प्रतिशतले बढ्यो

546
SHARES
आईएमई लाइफ इन्स्योरेन्सको नाफा १० प्रतिशतले बढ्यो

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको नाफा बढेको तथ्यांक सार्वजनिक भएको छ । सार्वजनिक गरिएको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा १० प्रतिशत बढेको हो । चालु आवमा तेस्रो त्रैमाससम्म कम्पनीले ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ३३ करोड १५ लाख रुपैयाँ थियो ।

खुद प्रिमियम आम्दानी बढ्दा नाफामा टेवा पुगेको छ । यस्तो आम्दानी पहिले ३ अर्ब ११ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ६० करोड छ । नाफा बढे पनि प्रतिसेयर आम्दानी घटेको छ ।

कम्पनीले २५ प्रतिशत बोनस सेयर जारी गरेर चुक्ता पूँजी ५ अर्ब पुर्‍याएपछि प्रतिसेयर आम्दानी घटेको हो । वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ रहेकोमा अहिले ९ रुपैयाँ ७७ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ६७ पैसा छ । गत साता बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ४५२ रुपैयाँ छ ।



nationalnews7 nationalnews7   
  • May 4, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP