Dark Mode

      Subscribe

नेप्से दुई दशमलव ६१ अंकले घट्याे, झन्डै सात अर्बको सेयर किनबेच

143
SHARES
नेप्से दुई दशमलव ६१ अंकले घट्याे, झन्डै सात अर्बको सेयर किनबेच

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से सुचकसँगै कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन अघिल्लो दिन ८३ दशमलव ३३ अंकले बढेको नेप्से आज पुन दुई दशमलव ६१ अंकले घटेर २७ सय ५७ दशमलव ४० अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७८ अंकले घटेर चार सय ७१ दशमलव १३ अंकमा झरेको छ ।

नेप्सेमा मंगलबार तीन सय ४५ वटा कम्पनीहरुको ८१ हजार पाँच सय ८२ पटकको कारोबारमा एक करोड ७४ लाख छ हजार छ सय १६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ७३ करोड ७१ लाख ४८ हजार एक सय ५० रुपैंयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ६७ अंकले बढेर १४ सय ५१ दशमलव ८७ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक पनि पाँच दशमलव ९८ अंकले बढेर तीन हजार आठ सय सात दशमलव ६४ अंकमा चढेको छ ।

यसैगरी होटल तथा पर्यटन र अन्य समूहको सूचक पनि क्रमशः ८१ दशमलव १६ र १४ दशमलव ९५ अंकले बढेका छन् । यि बाहेक बिकास बैंक समूहको सूचक भने ३७ दशमलव ३२ अंकले घटेर पाँच हजार नौं सय नौं दशमलव १८ अंकमा झरेकोमा फाईनान्स समूहको सूचक पनि १० दशमलव २२ अंकले घटेर २४ सय २९ दशमलव ७८ अंकमा झरेको छ ।

जीवन बीमा समूहको सूचक पनि ५८ दशमलव शून्य नौ अंकले घटेर १२ हजार छ सय ९८ दशमलव ५२ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ३६ दशमलव ९३ अंकले घटेर ११ हजार २४ दशमलव शून्य नौ अंकमा झरेको छ । लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि क्रमशः शुन्य दशमलव ४९, पाँच दशमलव ५२, नौं दशमलव ७१, शून्य दशमलव १२ र ७२ दशमलव ८३ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा भुजुङ हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा एनआईबिएल ग्रोथ फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सूचीमा भने ङादी ग्रुप पावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।



nationalnews7 nationalnews7   
  • April 7, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP