Dark Mode

      Subscribe

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न सरकारको निर्देशन

182
SHARES
असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न सरकारको निर्देशन

काठमाण्डाै – सरकारले असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुधबार शिक्षा विकास तथा समन्वय इकाइ केन्द्रहरूलाई पत्राचार गर्दै असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्नेबारेमा जानकारी गराएको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन भइसकेकोले असार १ गतेदेखि नै पढाइ शुरू हुने भनिएको छ ।

विगतमा एसईई नतिजा प्रकाशन हुन ३ महिनासम्म लाग्थ्यो । यसपालि भने १ महिनामै नतिजा आइसकेकाे छ । यसअघि असारमा नतिजा प्रकाशन गरेर साउनपछि मात्रै कक्षा ११ को पढाइ शुरू हुने गरेकोमा यस वर्ष १ महिनाअघि नै पढाइ शुरू हुन लागेको हो । यसैबीच यो वर्ष एसईईको ग्रेडवृद्धि परीक्षा पनि असार १ गतेदेखि नै हुँदैछ ।



nationalnews7 nationalnews7   
  • May 20, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP