Dark Mode

      Subscribe

विद्युत् महसुलको भ्याट छुट फिर्ता गर्ने सहमति भएको प्रचार गलत : अर्थमन्त्री वाग्लेको सचिवालय

26
SHARES
विद्युत् महसुलको भ्याट छुट फिर्ता गर्ने सहमति भएको प्रचार गलत : अर्थमन्त्री वाग्लेको सचिवालय

काठमाडौँ । विद्युत् महसुलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट फिर्ता गर्ने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सहमति रहेको भन्ने प्रचारप्रति अर्थमन्त्रीको सचिवालयले खण्डन गरेको छ । अर्थमन्त्रीको सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्री वाग्लेले उक्त विषयमा छलफल गर्न साेमबार साँझ वा गएको साता कुनै भेटघाट तथा छलफल नगरेको स्पष्ट पारेको हो ।

सचिवालयका अनुसार विद्युत्को भ्याटसम्बन्धी विषयमा अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकमा राखेको धारणाअनुसार थप सहजीकरण तथा उपभोक्तालाई राहत दिने सन्दर्भमा मातहतका निकायबाट छलफल र अध्ययन भइरहेको छ ।

‘विद्युत् महसुलमा भ्याट छुट फिर्ता गर्न सैद्धान्तिक सहमति भएको’ भन्ने प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गानाले अहिलेसम्म त्यस्तो कुनै सहमति नभएको स्पष्ट पारेका छन् ।



nationalnews7 nationalnews7   
  • September 21, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP