Dark Mode

      Subscribe

२–० ले पछि परेको अर्जेन्टिनाले इजिप्टविरुद्ध ऐतिहासिक पुनरागमन गर्‍यो

130
SHARES
२–० ले पछि परेको अर्जेन्टिनाले इजिप्टविरुद्ध ऐतिहासिक पुनरागमन गर्‍यो

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ।७८औँ मिनेटसम्म २–० ले पछाडि परेको अर्जेन्टिनाले अन्तिम समयमा लगातार तीन गोल गर्दै ३–२ को रोमाञ्चक जित दर्ता गरेको हो।

खेलको १५औँ मिनेटमा यासिर इब्राहिमले गोल गर्दै इजिप्टलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि ६७औँ मिनेटमा मोस्ताफा जिकोले अर्को गोल थपेपछि अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो।

तर ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनाको पुनरागमनको सुरुआत गरे। त्यसपछि ८३औँ मिनेटमा कप्तान लियोनल मेसीले बराबरी गोल गरे। इन्जुरी समयको ९३औँ मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को रोमाञ्चक जित दिलाए।

यससँगै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलमा मेसीले पहिलो हाफमा पाएको पेनाल्टीको अवसर भने सदुपयोग गर्न सकेनन्। निर्धारित ९० मिनेटपछि रेफ्रीले सात मिनेट अतिरिक्त समय दिएका थिए।



nationalnews7 nationalnews7   
  • July 8, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP