Dark Mode

      Subscribe

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वमन्त्रीद्वय रायमाझी र खाणसहित १४ जना दोषी ठहर

91
SHARES
नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वमन्त्रीद्वय रायमाझी र खाणसहित १४ जना दोषी ठहर

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १४ जनालाई दोषी ठहर गरेको छ। अदालतले मंगलबार दिएको संक्षिप्त आदेशअनुसार उनीहरूले संगठित रूपमा ठगी गर्दै राज्यविरुद्धको कसूर गरेको ठहर गरिएको हो। दोषी ठहर हुनेहरूमा टोपबहादुर रायमाझी, बालकृष्ण खाण, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजीत राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा र टेकनारायण पाण्डे रहेका छन्।

यस्तै, एकीकृत कसूरतर्फ बालकृष्ण खाण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई राज्यविरुद्धको कसूरमा मतियारको भूमिकामा दोषी ठहर गरिएको अदालतको आदेशमा उल्लेख छ। यसैबीच, रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले उक्त मुद्दामा सफाइ पाएका छन्।

फरार रहेका अभियुक्तहरूको हकमा भने पक्राउ परेपछि कानुनबमोजिम कारबाही अघि बढाइने गरी मुद्दा मुल्तबीमा राखिएको अदालतले जनाएको छ। यस्तै, अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाईं, निरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्बू र सुनील बुढाथोकीको हकमा पनि पक्राउ परेपछि कानुनअनुसार प्रक्रिया अघि बढाइने गरी मुद्दा मुल्तबीमा राखिएको छ।



nationalnews7 nationalnews7   
  • July 8, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP