Dark Mode

      Subscribe

नाडा अटो सो लक्षित गर्दै नेपाल बैंकको अटो लोन अफर

13
SHARES
नाडा अटो सो लक्षित गर्दै नेपाल बैंकको अटो लोन अफर

काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो सो लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले जुनसुकै ब्रान्डको सवारीसाधन खरिदका लागि सहुलियतपूर्ण ब्याजदर र अतिरिक्त सुविधासहितको कर्जा योजना ल्याएको जनाएको हो ।

बैंकका अनुसार योजनाअन्तर्गत ग्राहकले बैंकबाट अटो कर्जा लिएर जुनसुकै ब्रान्डको सवारीसाधन खरिद गर्दा बैंकको आधार दरमा ०.४९ प्रतिशत मात्रै थप हुने ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

योजनाअन्तर्गत कर्जा प्रशासनिक शुल्क पनि सहुलियतपूर्ण बनाइएको छ । सामान्य शुल्कको सट्टा ग्राहकले ०.५ प्रतिशत मात्र सेवा शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । यस्तै, उक्त अटो कर्जा उपभोग गर्ने ग्राहकले कुनै अतिरिक्त शुल्क नलाग्ने गरी तीन लाख रुपैयाँसम्मको लाइफटाइम क्रेडिट कार्ड सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले नाडा अटो सोका अवसरमा ग्राहकलाई सवारीसाधन खरिद सहज बनाउन र वित्तीय सुविधा थप आकर्षक बनाउन यो योजना ल्याइएको जनाएको छ ।



nationalnews7 nationalnews7   
  • August 25, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP