Dark Mode

      Subscribe

महिनाको पहिलो दिन ९ ६० अर्ब खिच्याे राष्ट्र बैंक

780
SHARES
महिनाको पहिलो दिन ९ ६० अर्ब खिच्याे राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुन ६० अर्ब रुपैयाँ खिचेकाे छ । कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमाअधिक तरलता बढेसँगै राष्ट्र बैंकले भदौ एक गते  आइतबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिचेकाे हो ।

राष्ट्र बैंकका अनुसार आज अपरान्ह तीन बजेसम्ममा अनलाईन बिडिङ सिस्टम सफ्टवेयर मार्फत उक्त परिमाणमा रकम तानिएकाे  छ । परिपक्व हुुने अवधि ३१ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती असोज १ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री हुन लागेको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।



nationalnews7 nationalnews7   
  • August 17, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP