Dark Mode

      Subscribe

‘भूकम्पले बिहानै भुइँ हल्लियो, घरका दलिन मच्चिए’

1K
SHARES
‘भूकम्पले बिहानै भुइँ हल्लियो, घरका दलिन मच्चिए’

काठमाडौँ”ः सङ्खुवासभाका शिव चापागाईं बिहानै भैँसीलाई खोले दिएर दूध दुहुने तरखरमा हुनुहुन्थ्यो । एक्कासि बाल्टी हल्लियो । हातखुट्टा लगलग कामे । “के भयो भनेर आत्तिएर भैँसीको थलाबाट निस्कदा गाउँतिर भूकम्प आयो भनेर गाउँभर कोलाहल मच्चिसकेको रहेछ”, उहाँले रासससँग भन्नुभयो ।

सङ्खुवासभा सभापोखरी गाउँपालिका–१ धुँपुका चापागाईं जस्तै धेरैलाई बिहानै भूकम्पको धक्काले त्रसित बनायो । सङ्खुवासभा सभापोखरी गाउँपालिका–१ धुँपुका चापागाईं जस्तै धेरैलाई बिहानै भूकम्पको धक्काले त्रसित बनायो । भोजपुर षडानन्द नगरपालिका–१४ का कुमार अधिकारी बिहान सबेरै उठेर घरको काममा व्यस्त हुनुहुन्थ्यो । भुइँ हल्लियो । घरका दलिन मच्चिए । बाहिर निस्कदा भूकम्प गयो भनेर होहल्ला भइरहेको रहेछ । “घरभित्रै थिए । एक्कासि शरीर नै हल्लिएजस्तो भयो । घरको दलिन हल्लिएको देखेर के भयो भन्दै आत्तिदै बाहिर निस्के भूकम्पको हल्ला भइसकेको रहेछ”, उहाँले भन्नुभयो ।

भूकम्पको धक्काले काठमाडौँ उपत्यकाका नागरिकमा पनि ठूलो त्रास पैदा गरायो । भक्तपुरको मध्यपुर ठिमी–३ स्थित लोकन्थली निवासी रेनुका कार्की पनि बिहानको नियमित काममा व्यस्त हुनुहुन्थ्यो । एक्कासि भूकम्पको झड्का महसुस भएपछि आत्तिएर बाहिर निस्कनुभयो । त्यतिञ्जेल घर बाहिरको खाली जग्गामा मानिसको जमघट भइसकेको थियो । लोकन्थलीकै कृष्ण श्रेष्ठ पनि हत्तारहत्तार परिवार लिएर बाहिर निस्किएको स्मरण गर्नुभयो ।

बूढानीलकण्ठ नगरपालिका–७ निवासी मन्दिरा चापागाईं खड्का पनि एक्कासि बत्तीको झुमर हल्लिएपछि आत्तिएर बाहिर निस्कनुपरेको बताउनुभयो । “विसं २०७२ को भूकम्पपछि यति धेरै हल्लाएको आजै हो । धन्न केही भएन, हामी त ठूलो क्षति हुन्छ कि भनेर आत्तिएका थियौँ”, उहाँले भन्नुभयो ।

नेपालको उत्तरपूर्वी सीमा नजिक चीनको स्वशासित क्षेत्र तिब्बत प्रान्तको दिंगी काउन्टीमा केन्द्रविन्दु भएर सात रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बिहान ६ बजेर ५० मिनेटमा उक्त स्थानमा भूकम्प गएपछि सङ्घीय राजधानी काठमाडौँसम्मै धक्का महसुस भएको थियो । भूकम्पको धक्का महसुस हुनासाथ मानिसहरू आत्तिदै घर बाहिर निस्किएका देखिन्थे । काठमाडौँसहित नेपालका पूर्वी पहाडी जिल्लामा भूकम्पको ठूलो धक्का महसुस भएको केन्द्रले जनाएको छ ।

केन्द्रका उपमहानिर्देशक एवं प्रवक्ता मोनिका झाले देशका पूर्वी जिल्लाहरुमा र मध्य नेपालका काठमाडौँलगायत सहरमा भूकम्पको धक्का बढी महसुस भएको बताउनुभयो । यसको परकम्प अझै आउनसक्ने भएकाले नआत्तित उहाँले सबैलाई अनुरोध गर्नुभयो । “सात रिक्टरको भूकम्प गएकाले यसको परकम्प आइरहन्छ, यसबाट आत्तिनुपर्ने अवस्था छैन । परकम्प बढीमा ४, ५ र ६ रिक्टरसम्मको जानसक्ने भएकाले त्यसले खासै असर गर्दैन”, प्रवक्ता झाले भन्नुभयो ।

भूकम्पबाट हालसम्म नेपालमा कुनै मानवीय तथा भौतिक क्षति नभएको केन्द्रले जनाएको छ । पूर्वी पहाडी जिल्लाका केही घरहरू (पुराना घर) मा सामान्य क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको प्रवक्ता झाले बताउनुभयो ।

उहाँका अनुसार चीनको दिंगी काउन्टी आसपासमा एक सयभन्दा बढी परकम्प गइसकेका छन् । चार रिक्टरभन्दा माथिका १२ वटा परकम्प गएका छन् । दिंगी काउन्टी नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका भूकम्पको केन्द्रविन्दु भएको स्थानको औसत दूरी नेपालबाट ९० किलोमिटर रहेको छ ।

नेपालको कोशी, मधेस, बागमती प्रदेशका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । यसबाहेक कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशमा भने धक्का महसुस नभएको जनाइएको छ । कोशी प्रदेशका सङ्खुवासभा, भोजपुर तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढु¬ङ्गा, सोलुखुम्बे र पाँचधरमा भूकम्पको कडा धक्का महसुस भएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । इलाम, झापा, मोरङ र सुनसरीमा भने सामान्य धक्का महसुस भएको छ । हालसम्म कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

मधेस प्रदेशका जिल्लामा सामान्य धक्का महसुस भएको छ । बागमती प्रदेशका काठमाडौँ उपत्यका र उत्तर तर्फका तिब्बतसँग सीमाना जोडिएका जिल्लामा कडा धक्का/कम्पन महसुस गरिएको तर कुनै मानवीय तथा भौतिक क्षति नभएको केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले केन्द्रले छदेखि आठ रिक्टर भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते ७ दशमलव ६ रिक्टर स्केलको गोरखा भूकम्प गएको थियो ।



nationalnews7 nationalnews7   
  • January 7, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP