Dark Mode

      Subscribe

एक अंकले बढ्दा आठ अर्ब ७४ करोडको शेयर किनबेच

1.3K
SHARES
एक अंकले बढ्दा आठ अर्ब ७४ करोडको शेयर किनबेच

काठमाडौं । नेप्सेमा सामान्य करेक्सन देखिएको छ । अघिल्लो दिन ९.६२ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने १ .३ अंकले बढेर २ हजार ६११.४३ अंकमा पुगेको छ ।

नेप्सेमा आज ३१८ वटा कम्पनीको ९० हजार ५४ पटकको कारोबारमा दुई करोड पाँच लाख ४२ हजार ७६४ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८४६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा पाँच वटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन ।

जसमध्ये वाणिज्य बैंक समूहको सूचक ४.५७ अंकले घटेर १ हजार २९६ अंकमा झरेको छ । बिकास बैंक समूहको सूचक २६.७२ अंकले घटेर पाँच हजार २२१.३७ अंकमा झरेको छ ।



nationalnews7 nationalnews7   
  • May 6, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP