Dark Mode

      Subscribe

संस्थागत निक्षेप लगानीको लागि राष्ट्र बैंकको प्रस्ताव, बैंक तथा फाइनान्स कम्पनीमा तीन अर्ब १४ करोड राखिने

975
SHARES
संस्थागत निक्षेप लगानीको लागि राष्ट्र बैंकको प्रस्ताव, बैंक तथा फाइनान्स कम्पनीमा तीन अर्ब १४ करोड राखिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन अर्ब १४ करोड दुई लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीको मुद्धती निक्षेपमा उक्त परिमाणको रकम लगानी गर्न लागेको हो । बैंकको बिभिन्न कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्धती निक्षेपकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि जुन १७, २०२५ देखि जुन १७, २०२६ सम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीले यही जेठ २३ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।

लगानीको लागि छुट्याईएको कुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि दुई अर्ब ५१ करोड २२ लाख, बिकास बैंकहरुको लागि ४७ करोड १० लाख र फाइनान्स कम्पनीहरुको लागि १५ करोड ७० लाख रुपैयाँ छुट्याईएको छ ।

 

 



nationalnews7 nationalnews7   
  • June 3, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP