Dark Mode

      Subscribe

अधिक तरलता नियन्त्रणमा राष्ट्र बैंकलाई सकस, ६३ दिनको लागि आज बैंकबाट ६० अर्ब तानिने

650
SHARES
अधिक तरलता नियन्त्रणमा राष्ट्र बैंकलाई सकस, ६३ दिनको लागि आज बैंकबाट ६० अर्ब तानिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुन ६० अर्ब रुपैयाँ खिच्ने भएको छ । कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसंगै राष्ट्र बैंकले आज बुधबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिच्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार आज अपरान्ह तीन बजेसम्ममा अनलाईन बिडिङ सिस्टम सफ्टवेयर मार्फत उक्त परिमाणमा रकम तानिने छ । परिपक्व हुुने अवधि ६३ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती भदौ १८ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री हुन लागेको हो ।

खरिदकर्ताले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।



nationalnews7 nationalnews7   
  • July 2, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP