Dark Mode

      Subscribe

दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले प्रहरीलाई दियो अनुमति

1.1K
SHARES
दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले प्रहरीलाई दियो अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार रामु शर्माले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । उनका अनुसार प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ पूर्जी लिइएको उनको भनाइ छ । साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो अदालत गएको थियो ।

 



nationalnews7 nationalnews7   
  • September 18, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP