Dark Mode

      Subscribe

आर्थिक सर्वेक्षण : कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च

741
SHARES
आर्थिक सर्वेक्षण : कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च

काठमाडौं । कृषि अनुदानमा ११ अर्ब ७६ करोड रूपैयाँ खर्च भएको चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वर्षको सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षको फागुनसम्म अनुदानका लागि विनियोजन गरिएकामध्ये ११ अर्ब ७६ करोड रूपैयाँ बजेट खर्च भएको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा पेस गरेका आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षका लागि ३६ अर्ब १५ करोड रूपैयाँ विनियोजन गरिएको उल्लेख छ ।
कृषि अनुदानमा गत आर्थिक वर्ष ३६ अर्ब १३ करोड ८० लाख रूपैयाँ विनियोजन गरिएको थियो । त्यसमध्ये २९ अर्ब ३१ करोड ८८ लाख रूपैयाँ खर्च भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा उखु किसानलाई उखु प्रवर्द्धन खर्चबापत दुई अर्ब २५ करोड रूपैयाँ विनियोजन गरिएको पनि आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।



nationalnews7 nationalnews7   
  • May 29, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP