Dark Mode

      Subscribe

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

403
SHARES
एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगमा एक करोड पाँच लाख रूपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ ।

दुई तले नौ कोठे भूकम्पप्रतिरोधी क्षमताको भवन निर्माण भएको हो । रघुगङ्गा गाउँपालिका-१ का वडाध्यक्ष विलप्रसाद फगामीले एक करोड पाँच लाख रूपैयाँको लागतमा भवन निर्माण भएको जानकारी दिए ।

‘आर्थिक वर्ष २०८०/०८१ मा ५० लाख रूपैयाँ र २०८१/०८२ मा ५५ लाख रूपैयाँ बजेट विनियोजन भएको वडा कार्यालय भवन योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको हो,’ उनले भने, ‘चालु आवमा विनियोजन भएको बजेटबाट तला थप गरेर सभाहल बनाउने योजना छ । नयाँ आर्थिकदेखि भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेका छौँ ।’

साविक बेग गाविसको नाममा रहेका दुई रोपनी र स्थानीय हितमान फगामीले दान गरेकाे दुई आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण भएको वडाध्यक्ष फगामीले बताए ।

आठ वटा वडा रहेको रघुगङ्गाको यसअघि वडा नं ५ झिँ, वडा नं २ भगवती, वडा नं ६ पाखापानीको कार्यालय भवन निर्माण भएको थियो । वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमङ्गलेको वडा कार्यालय पुराना भवनबाट सञ्चालन भएको छ ।

मौवाफाँटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ ।



nationalnews7 nationalnews7   
  • July 4, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP