Dark Mode

      Subscribe

राष्ट्रिय एकतालाई प्रतिगमनतर्फ लैजाने प्रयास हुँदै छ, कुनै हालतमा स्वीकार्य छैन : प्रधानमन्त्री

845
SHARES
राष्ट्रिय एकतालाई प्रतिगमनतर्फ लैजाने प्रयास हुँदै छ, कुनै हालतमा स्वीकार्य छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेको टिप्पणी गरेका छन् । सरकारको १०० दिन पुगेको अवसरमा बुधबार सम्बोधन गर्दै ओलीले प्रतिगमन कुनै हालतमा स्वीकार्य नहुने बताए ।

 

“अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर हाम्रो राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास पनि भइरहेको छ । तर, नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । सरकारले लोकतन्त्रलाई सुदृढ गर्न बनेको संविधानको रक्षा गर्ने छ,” ओलीले भने ।

 

“साम्प्रदायिक विद्वेष र घृणा होइन, सामाजिक न्याय र समानतामा आधारित सामाजिक सद्भावको बाटोबाट राष्ट्रिय एकता कायम गर्ने हाम्रो नीति दृढताका साथ कार्यान्वयन गर्ने छ,” ओलीले भने । उनले सरकार बनेदेखि नै सम्प्रदायिक विद्वेष खडा गर्ने काम भएको पनि बताए ।



nationalnews7 nationalnews7   
  • October 23, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP