Dark Mode

      Subscribe

सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन

884
SHARES
सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन गरेको छ । अब उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ ।

 

उनीउपर आज संसदीय सुनुवाइ भएको थियो । समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना पेस गरेकी छन् ।

 

कार्ययोजनामा उनले युरोपेली मुलुक र बहुपक्षीय फोरममा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएकी थिइन् । साथै उनले पर्यटन प्रवर्द्धन, उच्च आय र मर्यादित रोजगारीका अवसरको खोजी गर्ने आफ्नो प्राथमिकतामा हुने बताएकी छन् ।



nationalnews7 nationalnews7   
  • October 30, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP