Dark Mode

      Subscribe

टुँडिखेलमा विशेष समारोह गरेर यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

1.3K
SHARES
टुँडिखेलमा विशेष समारोह गरेर यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

काठमाडौँ, असोज ३ गते । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । काठमाडौँको टुँडिखेलमा आठौँ संविधान दिवसको अवसरमा विशेष समारोहको आयोजना गरी मनाइएको थियो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मार्चपास गरिएको थियो । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुसिला कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालल, पूर्वप्रधानमन्त्री बबुराम भट्टराईलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवसका रुपमा मनाइन्छ । साभार:  गोरखापत्र अनलाइन



nationalnews7 nationalnews7   
  • September 19, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP