Dark Mode

      Subscribe

२२ अंकले बढ्यो नेप्से, ११ अर्ब ३१ करोडको कारोबार

1.1K
SHARES
२२ अंकले बढ्यो नेप्से, ११ अर्ब ३१ करोडको कारोबार

काठमाडौँ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २२.१४ अंकले बढेको छ । नेप्से ०.८० प्रतिशतले बढेर २७६०.२१ को विन्दुमा पुगेको छ ।

 

बजारमा २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयरको खरिद-बिक्री हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ५ हजार रूपैयाँको कारोबार भएको छ । कारोबारमा आएका १४३ कम्पनीको शेयर मूल्य बढेको छ ।

सोमबार पाँच कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्था, मानुसी लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बढेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा इस्टर्न हाइड्रोपावर लिमिटेड छ र यसको शेयर मूल्य दश प्रतिशतले घटेको छ ।

कारोबारमा रहेको १३ उपसमूहमध्ये आठको समूहगत परिसूचक बढेको छ भने पाँचको घटेको छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स क्षेत्रको समूहगत परिसूचक ३.२० प्रतिशतले बढेको छ ।



nationalnews7 nationalnews7   
  • November 11, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP