Dark Mode

      Subscribe

रूपन्देहीमा शुरू भयो रवि लामिछानेको बयान

689
SHARES
रूपन्देहीमा शुरू भयो रवि लामिछानेको बयान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान शुरू भएको छ । लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका प्रमुख, प्रेमराज पौडेलको कार्यकक्षमा बयान लिन थालिएको हो ।

 

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई मंगलबार पोखराबाट हवाईजहाजमार्फत भैरहवा ल्याएको हो । बिहान पौने ८ बजे ल्याउने तयारी भए पनि खराब मौसमका कारण चार घण्टापछि रविलाई भैरहवा ल्याइएको हो । ​

 

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाबाट २०७७ चैत १८ मा रविका नाममा मात्रै दुई करोड रूपैयाँ गएको देखिन्छ । रविले आफ्नो नाममा त्यसरी रकम आएको कुरालाई इन्कार गर्दै आएका छन् ।

 

रवि सुर्यदर्शन सहकारी ठगीसँगै, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते मुद्दामा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई कास्की प्रहरीको हिरासतमा राखिएकोमा बयानका लागि मंगलबार रूपन्देही पुर्‍याइएको हो ।

 

आइतबार कास्की जिल्ला अदालतले रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ ।



nationalnews7 nationalnews7   
  • November 12, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP